तपाईँ सुन्दै हुनुहुन्छः

भदौमा नेपाल आउने विप्रेषण ८.१ प्रतिशतले बढ्यो

काठमाडौं । भदौमा नेपाल आउने विप्रेषण ८.१ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको भदौ महिनामा नेपालमा हुने विप्रेषणको आप्रवाह ८.१ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबार देशको वर्तमान आर्थिक अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै भदौसम्म १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको जनाएको छ । डलरमा पनि रेमिटेन्स २.६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो आप्रवाह ०.६ प्रतिशतले घटेको थियो ।

रेमिटेन्स उच्च दरले बढ्दा चालु खाता बचतमा देखिएको छ । सँधै घाटामा हुने चालु खाता कोभिडका कारण आयात कम र रेमिटेन्स बढेका कारण बचतमा देखिएको हो ।

चालु खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ । यस महिनामा शोधनान्तर बचत ६७ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ८ अर्ब ८३ करोड बचतमा थियो ।

भदौमा महिनामा नेपालबाट हुने निर्यात १०.५ प्रतिशतले बढेको छ भने आयात २२.१ प्रतिशतले घटेको छ ।

भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button