तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्य सामाग्री लिन वाइडवडी जहाज चीन जाँदै

नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामग्री लिन वाइडवडी जहाज आज साँझ चीन जाने भएको छ ।

चीनको ग्वान्जाओमा जम्मा गरिएको स्वास्थ्य सामग्री लिन वाडइवडी त्यसतर्फ जान लागेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

ग्वान्जाओबाट २८.६६ टन स्वास्थ्य सामग्री लिएर आउने यो अन्तिम उडान रहेको सैनिक प्रवक्ता पाण्डेले बताउनुभयो ।

सेनाले जिटुजी प्रक्रियाबाट चीनसँग खरिद गरेको ३ सय ४१ टन स्वास्थ्य सामग्री मध्ये ४७.५ टन जहाजबाट र अरु स्वास्थ्य समाग्री स्थल मार्गबाट ल्याउने योजना बनाएको थियो । यसघि जेठ ६ गते १८.८४ टन स्वास्थ्य समाग्री जहाजबाट आइसकेको छ ।

सडकबाट ल्याउने स्वास्थ्य सामग्री क्युविक मिटर अनुसार ल्याइने भएकाले २ हजार ६ सय ६२ क्युविक मिटर ल्याइने सैनिक प्रवक्ता पाण्डेले जानकारी दिनुभयो ।

अहिलेसम्म १ हजार २ सय क्युविक मिटर आइसकेको छ भने तातोपानी नाकाबाटे झण्डै आधा सामग्री काठमाडौं ल्याइसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

चैत १६ गतेको मन्त्रिपरिषद्को बैठकले जिटुजी प्रक्रियाद्वारा स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी सेनालाई दिने निर्णय गरेको थियो । वैशाख पहिलो साता सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्री खरिदका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरेको थियो ।

ती स्वास्थ्य सामग्रीका लागि सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) पठाइसकेको छ । चीनबाट सेनाले ६७ प्रकारका स्वास्थ्य सामग्री ल्याउँदैछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button