तपाईँ सुन्दै हुनुहुन्छः

दुई जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु 

बाँकेमा आज थप १ जनाको मृत्यु भएपछि नेपालमा कोरोना भाईरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

छिल्लो पटक आज बाँके जिल्लाको नरैनापुरका २५ वर्षीय पुरूषको कोरोना भाईरसका कारण निधन भएपछि मृतकको संख्या २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयको नियमित प्रेस व्रिफिङ्का क्रममा जानकारी दिनुभयो ।

यस अगाडि हिजो सिन्धुपाल्चोककी २९ वर्षिय महिलाको कोरोनाका कारण मृत्यु भएको थियो ।

मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा हाल संक्रमण पुष्टि भएका हरू मध्ये ३६ जना उपचार पछि निको भई घर फर्किएका छन भने बाँकी संक्रमितहरुको विभिन्न अस्पतालहरूमा उपचार भईरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । हाल सम्म नेपालमा २ सय ३६ जना पुरूष र ५५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार हाल सम्म २८ हजार १ सय ६० जनाको पिसिआर प्रविधिबाट र ६७ हजार ७ सय ६९ जनाको आर डि टि विधिबाट परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ६९जनाको पिसिआर र २ हजार २० जनाको आर डि टि विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशका विभिन्न स्थानमा १८ हजार ३ सय ५७ जना क्वारेन्टाईनमा र ३ सय ४६ जना आईसोलेसनमा रहेका छन् । काठमाडौ उपत्यका भित्रका अस्पतालहरूमा ३५ जना र बाँकी देशका विभिन्न स्थानमा रहेका अस्पताहरूमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी कोरोना भाईरसका बारेमा जानकारी दिन मन्त्रालयले सञ्चालन गरेको निःशुल्क कल सेन्टरहरू ११३३ र १११५ मा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ५० जनाले सम्पर्क गरी आवश्यक जानकारी लिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो ।

यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई भारतले ३० हजार थान पिसिआर किट उपलब्ध गराएको छ ।

यसैबीच आजदेखी निजी क्षेत्रका अस्पतालहरूले समेत कोरोनाको आर डि टि परीक्षण गर्न पाउने भएका छन् ।

मन्त्रालयले आर डि टि परीक्षण निर्देशिका जारी गरेपछि निजी क्षेत्रका अस्पतालहरूले आरडिटि परीक्षणको बाटो खुलेको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित प्रेस ब्रिफिङ्का क्रममा दिनुभएको जानकारी अनुसार परीक्षण गर्न चाहाने अस्पतालले उपत्यका भित्रको हकमा स्वास्थ्य सेवा विभाग र उपत्यका बाहिरका अस्पतालहरूले सम्वन्धित प्रदेशको स्वास्थ्य निर्देशनालयबाट अनुमति लिन सक्ने छन् ।

नियमअनुसार स्वीकृति लिने अस्पतालहरूले हालका लागि अस्पताल प्रयोजनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु बाट सूचीकृत आर डि टी परीक्षण मात्र गर्न पाउने प्रवक्ता डा देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button