तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाईनमा बस्ने युवाद्धारा झुण्डिएर आत्महत्या

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका वडा नम्बर ७ राजाबास स्थित जनता क्याम्पसमा रहेको क्वारेन्टाईनमा एक युवाले झुण्डिएर आत्महत्या गरेका छन् ।

रौतामाई ७ गुराँसेका १८ बर्षिय युवक सुमन बिकले आत्महत्या गरेको गाउँपालिका अध्यक्ष गजेन्द्र बहादुर खड्काले बताए ।

अध्यक्ष खड्काका अनुसार बैशाख ११ गतेबाट क्वारेन्टाईनमा बस्दै आएका बिकले बिहिबार राति झुण्डिएर आत्महत्या गरेको हुन् ।

प्रेम बिबाह गरेर काठमाडौ पुगेका बिक लकडाउनको समयमा गाँउ फर्किएपछि क्वारेन्टाईनमा राखिएको थियो । स्वास्थ्य कार्यालय राजाबासका प्रमुख (अहेब) श्याम साहका अनुसार श्रीमतिसँग आएको बिकलाई बेग्लै कोठामा राखिदै आएको थियो । बिकले श्रीमति सुतिरहेको समयमा श्रीमतिकै सलमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । अहिले पोष्ठमार्टमको लागि उनको शब जिल्ला अस्पताल ल्याउने तयारी भैरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button