तपाईँ सुन्दै हुनुहुन्छः

उपप्रधानमन्त्रीलाई समितिको चार बुँदे निर्देशनपत्र

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चार बुँदे निर्देशनपत्र बुझाएको छ ।

मन्त्री पोखरेललाई आज समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले बुझाउनुभएको निर्देशनपत्रमा सरकारले वितरण गरेको राहत गुणस्तरहीन भएको हुँदा कालोबजारी गर्नेलाई तत्काल कारवाही गर्न भनिएको छ ।

त्यस्तै अरु निर्देशनमा भारतीय सीमा नाकामा अलपत्र परेका नेपालीलाई स्वास्थ परीक्षण गरी सुरक्षित तबरबाट नेपाल ल्याउन पहल गर्नुपर्ने, अलपत्र परेका नागरिकलाई सुरक्षित रुपमा घर जाने व्यवस्था मिलाउनुपर्ने रहेको छ ।

लकडाउनको अवस्थामा खाद्यान्नको अभाव हुन नदिन कम्तीमा तीन महिनासम्मका लागि खाद्यान्न भण्डारको व्यवस्था मिलाउन र कृषि क्षेत्रको प्रवद्र्धन गर्ने गरी दीर्घकालीन योजना बनाउन समितिले निर्देशन दिएको छ ।

समितिले विदेशमा गएका श्रमिकको रोजगारी खोसिन गई अलपत्र परेका नागरिकलाई उचित व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button