तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोकमा एक सय ४३ जनाको र्यापिड टेष्ट र आठ जनाको स्वाव परीक्षण : नतिजा नेगेटिभ

मेलम्ची । कोभिड–१९ संक्रमण आशंकामा परीक्षण गरिएका सिन्धुपाल्चोक जिल्लाका सबै परीक्षणले संक्रमण नभएको देखाएको छ ।

विश्वभर फैलिएको भाइरस संक्रमणको लक्षण मिलेका र विदेशबाट फर्किएकाहरुमा संक्रमण नदेखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एक सय ४३ जनाको र्यापिड टेष्टबाट र आठ जनाको स्वाव परिक्षणबाट कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको हो ।

बिहिबार झण्डै एक दर्जन स्थानमा एक सय वढीको ¥यापिड टेष्ट गरिएको र सबै परीक्षण नेगेटिभ पाइएको कार्यालयले जनाएको छ ।

चैत्र महिनामा बिदेशबाट फर्किएका र क्वारेन्टाइनमा बसेकाहरुमा परिक्षण गरिएको थियो ।
सबैभन्दा बढी बिदेशबाट फकिएका मेलम्चीमा २७ जनामा एकै दिन परीक्षण गरिएको र सबै नतिजा नेगेटिभ रहेको मेलम्ची ११ का वडाअध्यक्ष रुद्रप्रसाद दुलालले जनाकारी दिनुभयो ।

बिदेशबाट फर्किएका र संक्रमणको जोखिममा रहेका बलेफी गाँउपालिकाको सातै जनामा संक्रमण नभएको परीक्षणले देखाएको वलेफी ८ का अध्यक्ष चरीबहादुर तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार सातैजना गाँउपालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् ।

गत मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि राजधानीको सनसीटीमा बसोबास गर्ने जिल्लाका सबैको परीक्षण गरिएको छ । सनसीटीमा बस्ने र आवतजावत गरेका जिल्लाका ११ जना सबैको बिहिबार परीक्षण गरिएको छ ।

र्यापिड परिक्षणले सबैको नतिजा नेगेटिभ देखाएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीले जानकारी दिनुभयो ।

बिहिबारसम्ममा जिल्लाभर २७ जना क्वारेन्टाइनमा बसेका छन् । वुधवार १८ जना थिए भने बिहिबार एकै दिन नौ जना थपिएका छन् ।

त्यस्तै लगडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पुर्याइएका र संक्रमण परीक्षणले नेगेटिभ नतिजा देखाएका ५६ जना घर फर्किएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा हालसम्म ८३ जनाले क्वारेन्टाइन सेवा लिएका छन् । आठ जना आईसोलेसनमा उपचार गरि फर्किएका छन् । आईसोलेसनमा रहेका सबैको स्वाव परीक्षणमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएपछि घर फर्किएका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाँईले जनाकारी दिनसभयो । चापागाँईका अनुसार बिहिबारसम्म जिल्लामा भाइरस संक्रमणको लक्षण भएका विरामी छैनन् ।

साविकको तीन निर्वाचन क्षेत्र अनुसार जिल्ला समन्वय समितिको समन्वयमा जिल्लामा तीन वटा क्षेत्रीय क्वारेन्टाइन र आईसोलेसन निर्माण गरिएको छ । वाह्रै वटा स्थानीय तहले पनि क्वारेन्टाईन निर्माण गरेका छन् ।

जिल्लामा बिहिबारसम्म चार सय ७१ जना क्षमताको क्वारेन्टाइन रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तिवारीले बताउनुभयो ।

चौतारा, मेलम्ची र बाह्रबिसे नगरपालिकाले व्यवस्थापन गर्ने गरि तीन क्षेत्रिय क्वारेन्टाइन सञ्चालनमा छ । यो सँगै हेलम्वु गाँउपालिकाले एक सय ७५ क्षमताको क्वारेन्टाईन निर्माण गरेको जानकारी पठाएको तिवारील बताउनुभयो ।

उहाँका अनुसार कतिपय क्वारेन्टाइन मापदण्ड अनुरुप नभएकोले तत्काल त्यसको मापदण्ड पुर्याउन स्थानीय सरकारसँग समन्वय गरिएको उहाँको भनाई छ ।
मेलम्ची नगरपालिकाले सम्भावित जोखिम आँकलन गरि बिहिबार मात्र ४१ वेड क्षमताको क्वरेन्टाइन थप गरिएको नगर प्रमुख डम्वर अर्यालले जानकारी दिनुभयो ।
अर्यालका अनुसार जयवागेश्वरी माध्यमिक विद्यालयमा ४१ जना वस्न मिल्ने क्वारेन्टाइन निर्माण गरिएको छ । मेलम्चीले थप तदारुकताका साथ काम गरिरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button