तपाईँ सुन्दै हुनुहुन्छः

साताको अन्तिम दिन हेर्नुहोस् कति छ सुनको मूल्य ?

काठमाडौँ ।  साताको अन्तिम दिन आज (शुक्रबार) सुनको भाउ आकासिँदै गएको छ। छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको थियो ।महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि प्रतितोला ५ सयले बढ्दै आज प्रतितोला ७३ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज प्रतितोला ८ सय ९० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button