तपाईँ सुन्दै हुनुहुन्छः

उद्योग परिसंघले प्रादेशिक लगानी साझेदारी मञ्चको स्थापना गर्ने

नेपाल उद्योग परिसंघले निजी क्षेत्रका अन्य प्रतिनिधि संस्थाहरु समेतको समन्वयमा प्रादेशिक लगानी साझेदारी मञ्चको स्थापना गर्ने भएको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोर र समुन्नति संस्थाका प्रमुख डा. शंकर शर्माले त्यस सम्बन्धी समझदारी पत्रमा बिहिबार हस्ताक्षर गर्नु भएको हो ।

हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्रदेशहरुले अघि सारेका अवसर र सम्भावनाहरुलाई पहिल्याउदै समग्र लगानीको वातावरण बनाउन सहकार्य महत्वपूर्ण हुने बताउनुभयो ।

समुन्नतिका प्रमुख डा. शंकर शर्माले प्रदेश तहमा लगानी विस्तार गर्न सार्वजनिक निजी संवादलाई सघन बनाउन समझदारीले योगदान पुग्ने बताउनुभयो ।

समझादारी अनुसार, लगानी प्रर्वद्धनमा प्रदेश सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य गर्न समन्वय गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button