तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल स्टक एक्सचेन्जले ४० प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले शेयर हेल्डरहरुलाई ४० प्रतिशत नगद लाभांश दिने भएको छ ।

नेप्सेले नगद लाभांश प्रस्ताव अनुमोदन गर्न पुस २९ गते ३८औं वार्षिक साधारणसभा बोलाएको जनाएको छ ।

स्टक स्क्सचेन्जमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैकको १६.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, प्रभु र लक्ष्मी बैंकको पाँच–पाँच प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत र ब्रोकरसहित अन्यको ०.६२ प्रतिशत शेयर हिस्सा छ ।

५० करोड रूपैंयाँ पूजी रहेको नेप्सेको ५० करोड चुक्ता पुँजी रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button