तपाईँ सुन्दै हुनुहुन्छः

कक्षा कोठाको अभावमा विद्यार्थीहरु खुल्ला अकाशमुनी बसेर परिक्षा दिन बाध्य

बीरगंज । पर्साको छिपहरमाई गाउँपालिका वडा नं.–२ स्थित नवगावाँ मावि चरगाहाँको विद्यार्थीहरू शितलहरको समयमासमेत खुल्ला अकाशमुनी बसेर परिक्षा दिन बाध्य भएका छन् ।

कक्षा कोठाको अभावमा अत्याधिक चिसो मौसममा विद्यार्थीहरु खुल्ला अकाशमुनी भुईमा बसेर कठ्यांग्रिदै परिक्षा दिन बाध्य भएका हुन ।

चिसो र शितलहरमा खुल्ला अकाशमा भुईमा परिक्षा दिन विद्यार्थीहरुलाई कष्टकर भईरहेको छ । परिक्षा दिन निकै कठिनाई र कष्टकर भईरहेको विद्यार्थीहरुले बताएका छन् ।

हाल संचालन भइरहेको अर्ध बार्षिक परीक्षा दुई सिफ्टमा संचालन भए पनि कक्षा कोठा अभाव कारण चिसो मौसममा फिल्डमा बसाएर परीक्षा संचालन गर्नु परेको विद्यालयका प्रधानाध्यापक अमिन मियाँले बताउनुभयो ।

कक्षा ११ सम्म संचालन हुँदै आएको विद्यालयमा ९ वटा कक्षा कठो मात्र रहेका छन । विद्यार्थी संख्या एक हजार भन्दा बढी रहेको छ । बिहान १० बजेदेखि एक बजेसम्म कक्षा १ देखि ५ सम्म र दोस्रो सिफ्टमा दिउँसो १ देखि ४ बजे सम्म कक्षा ६ देखि १० सम्मको परीक्षा संचालन भईरहेको प्रधानाध्यापक मियाले बताउनुभयो ।

पहिलो सिफ्टमा संचालन हुँदै आएको कक्षा एक देखि ५ सम्म कम विद्यार्थी संख्या भएकोले कक्षा कोठामा परीक्षा संचालन भए पनि दोस्रो सिफ्टमा कक्षा ६ देखि १० सम्म धेरै विद्यार्थी संख्या भएका कारण बाहिर परिक्षा संचालन भईरहेको प्रधानाध्यापक मियाँले बताउनुभयो ।

नवगावाँ मावि चरगाहाँमा कक्षा ६ भन्दामाथी एउटा कक्षामा एक सय भन्दा बढी विद्यार्थी रहेका छन् । तराईमा जारी शितलहर र चिसो मौसमा खुल्ला अकाशमुनी भुईमा विद्यार्थीहरुलाई बसाएर परिक्षा संचालन गरिनु आपत्तिजनक भएको बताउदै स्थानिय अभिभावकहरुले सम्बवन्धित निकायको ध्यान जानु पर्ने बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button