तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका सबैजसो सडक कालोपत्रे हुँदै

पर्वत । पर्वतका सबैजसो धुले र कच्चि सडक अवको दुई वर्षभित्र कालोपत्रे भैसक्ने भएका छन् । तीन तहका सरकारको बजेट सडकमा परेपछि ३ दशकअघिबाट ट्र्याक खोलिएका मुख्य सडक कालोपत्रे हुन लागेका हुन् । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालयले चालु वर्ष विभिन्न ४७ योजना सार्वजनिक गरेको छ ।

योजनाअनुसार ३९ सडक कालोपत्रे तथा स्तरोन्नतिमा परेका छन् । विभिन्न गाउँ जोड्ने सडकमा ६ मोटरेबल २ झोलुङ्गे पुल पनि निर्माणको चरणमा भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । कार्यालयले चालु वर्ष नै काम सुरु हुने गरी सेराखोला, गेडीखोला, सिब्दिखोला, मर्दिखोला, झिलिवराङ र अर्चले– भँगरा जोड्ने लमायखोला पुल निर्माण थालेको छ ।

अघिल्लो वर्ष बोलपत्र स्वीकृत गरी निर्माण व्यवसायीलाई जिम्मा दिएका सबैजसो पुल आगामी वर्षभित्र सक्ने लक्ष्य रहेको कार्यालयका सिनियर डिभिजन इन्जिनियर दयाराम अधिकारीले बताउनुभयो । अघिल्लो वर्ष एसियाली विकास बैंकको सहयोगमा ७ सडकको करिब डेढ सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे सुरु भइसकेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी) समन्वय एकाइ मार्फत कालोपत्रे हुन लागेका सडकको काम आगामी वर्षभित्रै सकिँदैछ । यी बाहेक गण्डकी प्रदेश सरकारको बजेटमार्फत सुरु गरिएको कार्यालयले जनाएको छ ।

डिमुवा–राम्जा–चित्रे, डिमुवा–देउपुर , लमाय–लुङ्खु, लुङ्खु–कार्कीनेटा लगायतका सडक पनि कालोपत्रेको चरणमा छन् । कार्यालयका अनुसार चालु वर्षदेखि सुरु हुने गरी करिब दुई दर्जन सडक कालोपत्रे र स्तरवृद्धि हुँदैछन् । स्थानीय तहले गत वर्षदेखि नयाँ ट्र्याक खोल्न रोकेपछि पुराना सडकको स्तरवृद्धि गर्न सहज भएको हो । संघिय साँसद पदम गिरीले ६ करोड मध्ये करिब साढे तीन करोड सडककै स्तरउन्नतीमा बिनियोजन गर्नुभएको छ । साँसद विकास लम्सालका अधिकाँश योजनामा सडक नै प्राथमिकतामा छ भने स्थानीय सरकारले पनि सडक कालोपत्रेलाई पहिलो प्राथमिकता दिँदै आएका छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button