तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौं गोल्डेन्सको लगातार दोश्रो हार

पोखरा । पोखरा प्रिमियर लिग अन्तर्गत काठमाडौं गोल्डेन्सले लगातार दोस्रो हार ब्यहोरेको छ । सोमबार भएको खेलमा काठमाडौंले बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित भयो ।

पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४० रन बनायो ।

जवाफमा बुटवलले २० ओभरमा ६ विकेट गुमाउँदै स्कोर बराबरी गरेको थियो । सुपर ओभरमा बुटवलले १२ रन बनायो । तर, जवाफमा काठमाडौंले पुरा गर्न सकेन । यो हारपछि काठमाडौंको प्लेअफको यात्रा कठिन बनेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button