तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।

मलंगवा नवलपुर सडक खण्ड अन्तर्गत मलंगवा नगरपालिका–११ गम्हरीयामा ना ४३ प ५६९१ नम्बरको मोटरसाईकलले पैदल यात्री मलंगवा नगरपालिका वडा नं.७ बस्ने अन्दाजी ५५ वर्षिय धरिक्षण रायलाई बिहिबार दिउसो साढे १२ बजे ठक्कर दिदा मृत्यु भएको छ भने ठक्कर दिने मोटरसाईकल पछाडी सवार लालबन्दी नगरपालिका वडा नं.१ नवलपुर बस्ने २४ वर्षिय अबुलेक मिकरानी घाईते भएका छन् ।

मृत्क धरिक्षण राय खेतमा जाने क्रममा गम्हरिया गंगा फ्युल सेन्टर नजिक मोटरसाईकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्कर पश्चात राय गम्भीर घाईते भएपछि जिल्ला अस्पताल मलंगवामा लगिने क्रममा बाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम् प्रहरी प्रवक्ता प्रतित सिंह राठौरले जानकारी दिनुभयो ।

ठक्कर दिने मोटरसाईकल र मोटरसाईकल चालक लालबन्दी नपावडा नं.१ निवासी २० वर्षिय आशिष मिकरानीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक रायको शव पोष्टमाटमका लागि मलंगवा अस्पतालमा राखिएको प्रहरी प्रवक्ता राठोरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button