तपाईँ सुन्दै हुनुहुन्छः

१३ औं साग: मण्डेकाजीले जिते दोस्रो स्वर्ण, नेपालको स्वर्ण संख्या छ पुग्यो

काठमाडौँ । १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले सुखद सुरुवात गरेको छ । आइतबार उद्घाटन भएको खेलमा सोमबार नेपालले सुखद सुरुवाता गरेको हो ।

नेपालका मण्डेकाजी श्रेष्ठले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई पहिलो स्वर्ण पदक दिलाउनुभएको छ ।

नेपालले सोमबार दिउँसोसम्म पदक तालिकामा अग्रता कायम गरेको छ । नेपाल ५ स्वर्णसहित शीर्ष स्थानमा छ ।

सोमबार दिउँसोसम्म नेपालले ६ स्वर्णसहित ८ पदक जितेको छ ।

यस्तै भारत एक स्वर्णसहित ४ पदक जित्दै दोस्रो स्थानमा रहेको छ । भारते २ रजत र १ कास्य पनि जितेको छ ।

यस्तै पाकिस्तानले एक स्वर्णसहित ३ पदक जितेर तेस्रो स्थान हासिल गर्दा बंगलादेशले ३–३ वटा कास्य पदक जितेका छन् । अहिलेसम्म भुटान र माल्दिभ्सले भने खाता खोल्न सकेन ।

सातदोबाटोस्थित कराँते हलमा आज भएको कराँतेको व्यक्तिगत पुरुष एकल कातामा श्रेष्ठले नेपाललाई स्वर्णपदक दिलाउनुभएको हो । उहाँले पाकिस्तानका खेलाडी निएमातुल्हालाई पराजित गर्दै स्वर्ण पदक हात पार्नुभएको हो । श्रेष्ठले २५.७२ अङ्क जोड्नुभयो । यता रजत पदक हात पार्नुभएका पाकिस्तानका खेलाडीले २४.९२ अङ्क जोड्नुभयो । साथै श्रेष्ठले पुरुष टिम कातामा पनि स्वर्ण पदक जितेका छन् । मण्डेकाजीसँगै प्रवीण मानन्धर र महसुस तामाङको टिमले स्वर्ण जितेको हो । स्वर्ण पदकका लागि नेपाली पुरुष काताले श्रीलङ्कालाई पराजित गर्यो । दक्षिण एसियाली खेलकुद सागमा दुई स्वर्ण जित्ने मण्डेकाजी पहिलो खेलाडी बन्नुभएको छ ।

नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद(साग) अन्तर्गत पोखरामा आज सञ्चालन भएको ट्रायथोलन खेलमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । पोखराको फेवाताल किनारस्थित गौरीघाटमा सञ्चालन भएको प्रतियोगिताको महिला इभेन्टतर्फको फेवातालमा ७५० मिटर पौडी तथा २० किमी साइकल र पाँच किमी दौड एक घण्टा १३ मिनेट ४५ सेकेण्डमा पूरा गरी सोनी गुरुङले नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो ।

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को सोमबार पोखरामा सम्पन्न ट्रायथोलन अन्तर्गत महिलातर्फ स्वर्ण पदक विजेता नेपालका सोनी गुरुङ । तस्वीर ः कृष्ण दवाडी÷रासस

नेपालसहित भारत र श्रीलङ्का गरी तीन देशबाट दुई जनाका दरले सहभागी छ जना प्रतिपस्र्धीलाई पछि पार्दै पोखरामा जारी साग खेलकूदमा उहाँले पहिलो पटक स्वर्ण पदक हात पार्नुभयो ।

भारतका सरोजिनीदेवी र प्रज्ञना मुन्नाले निर्धारित दूरी क्रमशः एक घण्टा १४ मिनेट र एक घण्टा १४ मिनेट ५७ सेकेण्डमा पार गरी रजत र काश्य पदक प्राप्त गर्नुभयो ।

तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक हात पार्नुभएको छ । पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा उहाँले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । कमलले ८.२७० अङ्क ल्याउँदै स्वर्ण जित्नुभएको हो । पराजित भारतका राहुलले ८.२०० अङ्क ल्याउनुभएको थियो ।

सोही स्पर्धामा श्रीलङकाका निसाशङ्कासे आसिङ्गेले कास्य पदक हात पार्नुभयो । उहाँले ८.०६० अङ्क प्राप्त गर्नुभएको थियो ।

कँरातेको महिला टिम कातामा नेपालले जित्यो स्वर्ण

कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण पदक हात पारेको छ । सातदोबाटोस्थित कराँते हलमा आज भएको खेलमा नेपालले पाकिस्तानलाई पराजित गर्दै स्वर्ण पदक हात पारेको हो । नेपाले २४.८८ अङक ल्याउँदा रजत जितेको पाकिस्तानले २३.३ अङ्क प्राप्त ग¥यो । नेपाली टिममा निर्मला तामाङ, सङ्गीता मगर र सरु कार्की हुनुहुन्थ्यो ।

समूह चरणको खेलमा नेपालले २४.७४, बङ्गलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलङ्काको टिमले २२.२५ प्राप्त गरेका थियो । १३औँ दक्षिण एशियाली खेलकूद(साग) मा  नेपालको स्वर्णको संख्या छ पुगेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button