तपाईँ सुन्दै हुनुहुन्छः

मन्डेले सागमा नेपाललाई दिलाए पहिलो स्वर्ण

काठमाडौं।मन्डे श्रेष्ठले सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन्। पाकिस्तानी खेलाडीलाई पराजित गर्दै मन्डेले व्यक्तिगत काँतामा स्वर्ण दिलाएका हुन्।

मन्डे श्रेष्ठले सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका छन्। पाकिस्तानी खेलाडीलाई पराजित गर्दै मन्डेले व्यक्तिगत काँतामा स्वर्ण दिलाएका हुन्।

फाइनलमा मन्डले २५.७२ अंक ल्याउँदै पाकिस्ताका नैयामातुल्लाहलाई पराजित गरेका हुन्। नैयामातुल्लाहले २४.९२ अंक प्राप्त गरे।

यसअघि समूहमा मन्डेले २४.० अंक प्राप्त गर्दै फाइनलमा स्थान बनाएका हुन्। यस्तै अर्को समूहमा पाकिस्तानका नैयामातुल्लाहले २३.६८ अंक ल्याउँदै स्वर्णका लागि मन्डेसँगको भिडन्त पक्का गरेका थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button