तपाईँ सुन्दै हुनुहुन्छः

सरकारले पाँच बर्ष भित्रमा जनताले विकासको प्रत्यक्ष अनुभुती हुनेगरी काम गर्ने : अध्यक्ष दाहाल

पोखरा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलालाई देशको प्रमुख जिम्मेवारी दिने पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मात्र भएको बताउनुभएको छ ।

कास्की–२ को चुनावी सभालाई आज पोखरामा सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले राष्ट्रपति, सभामुख प्रधानन्यायाधीश सिफारिस गर्ने पार्टी नेकपा मात्र भएको बताउनुभयो ।

राष्ट्रपतिमा,  प्रधानन्यायाधीशमा,  सभामुखमा तथा उम्मेदवारमा महिला सिफारिस गर्ने पार्टी नेकपा भएको चर्चा गर्दै अब दलित, आदिवासी, जनजातिबाट कोही प्रधानमन्त्री बन्छ, भने नेकपाकै प्रस्तावमा बन्ने दाबी गर्नुभयो ।

उहाँले कास्की–२ मा विद्या भट्टराई महिला र दिवङ्गत रवीन्द्र अधिकारीकी पत्नी भएकैले मात्रै उमेदवार नबनाइएको प्रष्टपार्दै भट्टराईको नेपाली कम्युनिष्ट आन्दोलनको सैद्धान्तिक उतार–चढावमा विद्या भट्टराईको अविच्छन्न योगदान रहेकाले उमेदवार बन्न योग्य रहेको बताउनुभयो ।

उहाँले विद्या भट्टराईजस्तो प्रखर, महिला नेतृत्व पाउनुमा कास्की क्षेत्र नं. २ का जनताले गौरव गर्नुपर्ने समेत बताउनुभयो । प्रचण्डले नेकपाको सरकारले पाँच बर्ष भित्रमा जनताले विकासको प्रत्यक्ष अनुभुती हुनेगरी काम गर्ने समेत दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले भारतसँगको सीमा विवादमा विपक्षी दलका नेता शेरबहादुर देउवाले झुट बोलेको बताउदै यसरी नै झुट बोले नेपाली कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बदन्ती बन्ने अवस्था आउन सक्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button