तपाईँ सुन्दै हुनुहुन्छः

यार्सा टिप्न नजान शैक्षिक अभियान

खलङ्गा । यार्सा टिप्ने याम शुरु भएपछि बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्न जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ ।

गाउँपालिकाले विद्यालयमै पुगेर यार्सा टिप्न भन्दा शैक्षिक भविष्य सुनिश्चित गर्न अभिभावकलाई आग्रहसमेत गरेको छ ।

गाउँपालिकाले तल्फीस्थित सरस्वती मावि, लोठचौरस्थित मालिका मावि, डिल्लीचौरस्थित ऋणमोक्ष माविलगायतमा जनचेतनामूलक नाटकसहित शैक्षिक अभियान सञ्चालन गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button