तपाईँ सुन्दै हुनुहुन्छः

चीनसँगको कारोबार सुधार गर्दै एमेजन

काठमाण्डौ । एमेजनको चिनियाँ शाखाले आफ्नो चिनियाँ बजारमा देखिएको समस्यालाई उजागर गरी सेवालाई सहज बनाउने सुधारको योजना बिहीबार सार्वजनिक गरेको छ ।

“विगत केही बर्षमा हामीले चिनियाँ अनलाइन खुद्रा बजारलाई मजबुत पार्न कसरतरत छौँ । बदलामा हाम्रा सामानको खरिद गर्ने चिनियाँ ग्राहकको सङ्ख्यामा निकै वृद्धि भएको छ,” एमेजनको चीन शाखाले एक विज्ञप्ति जारी गरी बताएको छ ।

एमेजनले आफ्नो सेवालाई एमेजन डट सिएनबाट दिँदै आएको थोक विक्री सेवालाई जुलाई १८ देखि लागु हुने गरी रोक्न लागेको यस पहिले जनाइसकेको छ ।

उसले विक्रेतालाई अनलाइनबाट नभै सिधा सम्पर्क र सम्वादमार्फत अघि बढाउने र एमेजनको सेवालाई सहज बनाउँदै आफ्ना ग्राहकसमक्ष पु¥याउने बताएको छ ।

उक्त कम्पनीले आफ्ना सेवालाई ‘एमेजन ग्लोबल सेलिङ’ मार्फत प्राप्त गर्न सकिने जनाएको छ ।

“सेवालाई चीनमा सहज बनाउने कुरालाई एमेजन प्रतिवद्ध रहेको छ,” कम्पनीले भनेको छ ।

“हामीले चीनमा लगानी गर्न र अघि बढ्न तथा आफ्नो बजार प्रवद्र्धनका लागि एमेजन ग्लोबल स्टोर, ग्लोबल सेलिङ, एमेजन वेब सर्भिसेज (एडब्लुएस) लगायतबाट हाम्रा सम्पूर्ण सेवालाई चीनमा प्रवाह गर्दै जानेछौँ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button