तपाईँ सुन्दै हुनुहुन्छः

‘कार्यसम्पादन मूल्याङ्कनले सरकार सही दिशामा अघि बढिरहेको देखायो’

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको सय दिनको कार्यसम्पादन मूल्याङ्कनले सरकार सही दिशामा अघि बढिरहेको छ भन्ने देखाएको बताउनुभएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता गुरुङले सय दिनको अवधिमा सरकारको पुँजीगत खर्च विगतको भन्दा सुधार उन्मुख रहेको र लिइएका लक्ष्यहरूको ७० प्रतिशत पुरा हुनु अहिलेसम्मकै उपलब्धिका रुपमा रहेको बताउनुभयो ।

सञ्चारमन्त्री गुरुङले यसै अवधिमा विभिन्न प्राकृतिक विपत्ति समेत आउँदा पनि अर्थतन्त्रमा सुधार देखिएको र जनतामा आसा जगाउने गरी सरकारले कामको सुरुवात गरेको बताउनुभयो ।

सञ्चार मन्त्री गुरुङले पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गा धनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाई गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा कायममुकायम प्रमुख सचिव रघुराम विष्टलाई बढुवा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकी प्रदेशमा पदस्थापन गर्ने तथा नेपाल फार्मेसी परिषद्को सदस्य पदमा डा. सभ्यता गौतम (काठमाडौँ) र विष्णुप्रसाद कँडेल (बागलुङ)लाई मनोनयन गर्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद् बैठकले बबई सिँचाइ आयोजनाका लागि बर्दियाको गुलरिया नगरपालिकामा करिब ६५ हेक्टर र ठूलो खोला जलविद्युत आयोजनाको २ सय २० के भि प्रसारण लाइन आयोजना निर्माणको लागि म्याग्दीको रघुगंगा गाउँपालिकामा रहेको ६ दशमलव ०६ हेक्टर राष्ट्रिय बन क्षेत्रको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने लगायतका निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरु:

प्रतिक्रिया राख्नुहोस्

Back to top button