तपाईँ सुन्दै हुनुहुन्छः

१४ किलो अवैध चाँदीको गहना सहित दुई जना पक्राउ

बारा । प्रहरीले १४ किलो अवैध चाँदी सहित दुई जनालाई पक्राउ गरेको छ ।


बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नम्बर ६ प्रस्टोका ३३ बर्षिय सन्तोष साह र जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ गमरगाहा बस्ने २७ वर्षीय सुरेश महतोलाई सो परिमाणको अवैध चाँदी सहित प्रहरीले पक्राउ गरेको हो । साहबाट ९ किलो र महतोबाट ५ किलो गरी १४ किलो चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिनुभयो । बरामद गरिएको चाँदीको बजार मूल्य करिब २५ लाख रहेको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट वरिष्ठ प्रहरी नायव निरीक्षक त्रिभुवन प्रसाद साहको कमान्डमा खटेको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जबाट पथलैयाबाट हेटौडा जाने क्रममा ना ५२३ प २५८४ नम्बरको मोटरसाइकल र ना ५५ प ३९३२ नम्बरको मोटरमा सवार मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको टङ्की भित्र लुकाई फल्स बटम बनाई लुकाएर लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button