तपाईँ सुन्दै हुनुहुन्छः

प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि प्रदेश सरकारको तत्परता

विराटनगर । उदयपुर जिल्लाको वेलका नगरपालिका–८ स्थित वोप्ताङ डाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि कोशी प्रदेश सरकारले तत्परता देखाएको छ ।

वोप्ताङ डाँडादेखि सोही नगरपालिकाको सप्तकोशी नदीको किनारमा रहेको डुमरी भोटेमा विगत तीन वर्षदेखि प्याराग्लाइडिङ सञ्चालकहरूले उडान अवतरण गर्दै आएपछि सो क्षेत्रलाई प्याराग्लाइडिङ हबको रुपमा विकास गर्न प्रदेश सरकारले तत्परता देखाएको हो ।

असोज महिनादेखि सो क्षेत्रमा सञ्चालनमा आउने प्याराग्लाइडिङका लागि भारतीय मात्र नभएर फ्रान्स, डेनमार्क तथा जर्मनीबाट समेत विदेशी पर्यटकहरू आउने गर्दछन् । उनीहरू दुई देखि तिन महिनासम्म त्यहाँका होटेलहरूमा वास बसेर दिनभरी प्याराग्लाइडिङका मज्जा लिने गर्दछन् ।

सो क्षेत्रमा प्याराग्लाइडिङको प्रशस्त सम्भावना र उपयुक्त स्थान रहेकाले त्यसको विकासमा प्रदेश सरकारको ध्यान गएको पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेको भनाई छ ।

प्याराग्लाइडिङको व्यावसायिक उडान गर्नसके पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने भएकाले यस क्षेत्रमा प्याराग्लाइडिङका राष्ट्रिय स्तरका विभिन्न इभेन्टहरू सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

प्याराग्लाइडिङ सञ्चालक तथा होटल व्यवसायीको टोलीसहित सो क्षेत्रको अवलोकनका लागि त्याहा पुग्नु भएका सचिव घिमिरेले कोशी कोशी प्रदेशका ८२ मुख्य पर्यटन गन्तव्यलाई लक्षित गर्दै २०८२ का लागि ८२ भन्ने मुल नाराका साथ प्रदेश सरकारले पर्यटन वर्ष–२०८२ घोषणा गरिसकेको भन्नुहुँदै त्यसलाई सफल बनाउन प्रदेश सरकार, निजी क्षेत्र तथा सेवामुलुक क्षेत्रबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

होटेल तथा पर्यटन व्यवसायी संघ उदयपुरका जिल्ला अध्यक्ष डेभिड बस्नेतले सन २०१० मा गरिएको सर्वेक्षणमा सुनकोशी नदी र्याफटिङका लागि विश्वकै सातौं उपयुक्त र सुरक्षित स्थानमा परेकाले प्याराग्लाइडिङसङै र्याफटिङ सञ्चालनमा समेत जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button