तपाईँ सुन्दै हुनुहुन्छः

जोशीलाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौँ । जिल्ला अदालत कास्कीले सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेको छविलाल जोशीलाई पाँच दिन थुनामा राख्न अनुमति दिएको छ ।

आज जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले पाँच दिन थुनामा राख्न अनुमति दिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो ।

गोर्खा मिडिया नेटवर्क प्रालिका शेयर धनी ५९ वर्षीय जोशीलाई १० दिन म्याद थप्न माग गर्दै कास्की प्रहरीले आज दिउँसो अदालतमा उपस्थित गराएको थियो ।

जोशीविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिन लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button