तपाईँ सुन्दै हुनुहुन्छः

बाँतर समुदायलाई थारुमा सूचीकृत गर्नुपर्छ : मन्त्री चौधरी

सप्तरी । युवा तथा खेलकुद विकास मन्त्री तेजुलाल चौधरीले बाँतर समुदायलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने बताउनुभएको छ ।

सोमबार सप्तरीको खडक नगरपालिका-६ कल्याणपुरमा आयोजित थारु कल्याण कारिणी सभा सप्तरीको नवौं अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै थारु समुदाय देशकै ठुलो चौथो जाति भए पनि राज्यबाट पाउने अवसरबाट सधैँ वञ्चित भएको बताउनुभयो।

विभिन्न थर, बसोबास र भूगोलको आधारमा थारु विभाजन भई थारु समुदायको सङ्ख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै मन्त्री चौधरीले थारुमा बढ्दै गएको विखण्डनवादी नीति रोक्दै थारु समुदायको सङ्ख्या वृद्धि गर्न बाँतर समुदायलाई थारुमा सूचीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button