तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गता भएका ८३ जनालाई सहायता तथा शैक्षिक सामाग्री वितरण

अछाम । अछामको कमलबजार नगरपालिकामा अपाङ्गता भएका व्यक्तिलाई शैक्षिक तथा सहायता सामाग्री वितरण गरिएको छ । अपाङ्गता भएका तथा विद्यालयमा अध्ययन गरिरहेका बालबालिकालाई शैक्षिक सामाग्री र अभिभावक लाई १ लाख ८६ हजार मूल्य बराबरका सहायता सामाग्री वितरण गरिएको हो ।

आज पालिकाको प्राङ्गणमा एक कार्यक्रमबिच पालिकाका उपप्रमुख शारदा बिष्ट कुँवरले सम्बन्धित व्यक्ति लाई शैक्षिक तथा सहायता सामाग्री हस्तान्तरण गर्नु भयो । कार्यक्रममा उपप्रमुख कुँवरले वितरण गरिएका सामाग्रीले अपाङ्गता भएका व्यक्तिलाई सहजता हुने विश्वास व्यक्त गर्नुभयो । साथै बालबालिकालाई वितरण गरिएका शैक्षिक सामाग्रीले उनीहरूको अध्ययन कार्यमा टेवा पुर्‍याउने उहाँले बताउनुभयो ।

उक्त सामाग्री कमलबजार नगरपालिकाको समन्वय सहकार्य र आस्था नेपाल वर्ल्ड भिजनको सहयोग पालिकाका विभिन्न वडा का ८३ जना लाई शैक्षिक तथा सहायता सामाग्री वितरण गरिएको आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाहीले बताउनुभयो ।

वितरण गरिएका सामाग्रीमा ह्वील चियर १३ जनालाई १३ सेट, बैसाखी २७ जनालाई २७ सेट र ४३ जना बालबालिकालाई ४३ सेट शैक्षिक सामाग्री वितरण गरिएको छ । शैक्षिक सामाग्री भित्र १ सेटमा प्रतिव्यक्ति एक थान झोला, १ दर्जन कलम र २ दर्जन कापी र १ जोर विद्यालय ड्रेस वितरण गरिएको अधिकृत शाहीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button