तपाईँ सुन्दै हुनुहुन्छः

पिर्काले हानेर बुवाको हत्या 

नेपालगन्ज  । बाँकेमा पिर्काले हानेर छोराले बुवाको हत्या गरेका छन् । कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई छोरा दिप बहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो । असोज २ गते राति बावु र छोराको झगडा परेपछि आफ्नै छोराले बुवालाई पिर्काले हानेर हत्या गरेका हुन् ।

प्रारम्भिक अनुसन्धानमा राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिएको प्रहरीले जनाएको छ । पिर्का प्रहारबाट गम्भीर घाइते हुनुभएका क्षेत्रीको उपचारको क्रममा असोज ३ गते नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको कोहलपुर प्रहरी प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

छोरा दिप बहादुरलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button