तपाईँ सुन्दै हुनुहुन्छः

‘समृद्ध प्रदेश निर्माण गर्न प्रदेशको राजनीतिक नेतृत्वले पहल गर्नुपर्छ’

रुपन्देही । संघीय सरकारमा देखिएको राजनीति हलचलले प्रदेशहरूलाई पनि असर पुर्याएको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोख बहादुर महराले बताउनुभएको छ ।

आफूहरूले परिकल्पना गरेको सङ्घीयतालाई संस्थागत गर्न पार्टीहरूले नसकेको उहाँको धारणा छ ।

संघीय सरकारमा नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन पनि एमालेले फिर्ता लिएको छ । समर्थन फिर्तासँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले बिहीबार राती नै मुख्यमन्त्री महरालाई राजीनामा बुझाएका छन् ।

मन्त्रीहरूले दिएको राजीनामा बुझ्दै मुख्यमन्त्री महराले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि नेपालका ठूला पार्टीहरूमा सङ्घीयता लागू हुन नसक्दा केन्द्रमा देखिने समस्याहरूले प्रदेशलाई पनि असर पुर्याएको बताउनुभयो ।

केन्द्रिय राजनीतिमा देखिने हलचलले प्रदेशलाई पनि असर पुर्‍याउनु गलत हो । मुख्यमन्त्री महराले भन्नुभयो,‘ हामीले सङ्घीयता ल्याए पनि आफ्ना पार्टीहरूमा सङ्घीयता ल्याउन असमर्थ देखिएका छौँ । प्रदेशलाई संस्थागत गर्नका लागि पार्टीहरूले सोच्नुपर्ने अवस्था आएको छ । समृद्ध प्रदेशको निर्माण गर्नका लागि प्रदेशको राजनीतिक नेतृत्वले नै पहल गर्नुपर्दछ । ’

मुख्यमन्त्री महराले मन्त्रीहरूले पनि आफूले विश्वास गरे अनुसार जोश र जाँगरका साथ जनपक्षीय काम गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button