तपाईँ सुन्दै हुनुहुन्छः

गाजाका मेडिकल विद्यार्थीले मानवीय आधारमा पाकिस्तानमा शिक्षा पूरा गर्ने

इस्लामाबाद । पाकिस्तानले गाजा पट्टीका मेडिकल विद्यार्थीहरूलाई मानवीय आधारमा दक्षिण एसियाली देशमा मेडिकल शिक्षा पूरा गर्न अनुमति दिने निर्णय गरेको छ ।

पाकिस्तानका उपप्रधानमन्त्री र विदेशमन्त्री इशाक दारको निर्देशनमा यो निर्णय गरिएको  पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मुमताज जहरा बलूचले बिहीबार साप्ताहिक मिडिया ब्रिफिङमा उल्लेख गर्नु भएको हो ।  

गाजाका प्यालेस्टिनी विद्यार्थीहरू २०–३० को ब्याचमा चाँडै पाकिस्तानको मेडिकल कलेजहरूमा भर्ना हुने उहाँले बताउनु भयो । 

प्रवक्ताका अनुसार यसले गाजाका विद्यार्थीको अधिकार तथा गाजाको स्वास्थ्य प्रणालीका महत्वपूर्ण आवश्यकता सम्बोधन गरी विद्यार्थीलाई कार्डियोलोजी, अर्थोपेडिक्स, ओन्कोलोजी, पेडियाट्रिक्स र शल्यक्रियाको क्षेत्रमा मेडिकल शिक्षा पूरा गर्न सक्षम बनाउनेछ ।एजेन्सी

प्रतिक्रिया राख्नुहोस्

Back to top button