तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक: विनियोजन विधेयकमाथि मन्त्रीहरूले जवाफ दिने क्रम जारी 

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत मन्त्रालयगत छलफलमा सांसदहरुले उठाउनुभएको प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले आज पनि जवाफ दिने क्रम जारी छ ।

त्यसै क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्यालले स्थानीय तहबाट श्रम र रोजगार सम्बन्धी सेवा एकीकृत रुपमा प्रवाह भइरहेको बताउनुभयो । 

मन्त्री अर्यालले वैदेशिक रोजगारीबाट फर्केका नेपालीको सिप, ज्ञान र लगानीलाई प्रयोगमा ल्याई उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभयो । 

मन्त्री अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यही असार महिनासम्म ५२ हजार ५  सय ८ जनाले औसत ८१ दिनको रोजगारी प्राप्त गरेको जानकारी दिनुभयो । 

यसैगरी सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षामा परिवर्तन गर्न शिक्षकलाई उपयुक्त तालिम दिनुपर्ने र शिक्षकहरूको कामकारबाहीको रेकर्ड राख्न शिक्षक पोर्टलका लागि बजेट छुट्ट्याएको, साथीसँग सिकाई कार्यक्रम ल्याइएको, करियर काउन्सिलका लागि बजेट छुट्टाइएको जानकारी दिनुभयो । 

मन्त्री श्रेष्ठले तथ्याङ्क सङ्कलन, विश्लेषण र नतिजाका आधारमा नीति बनाउने कार्यलाई प्राथमिकता दिने र विद्यालयहरूमा कम्प्युटर साइन्सलाई अनिवार्य गर्दै कम्प्युटर शिक्षकको दरबन्दी थप गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button