तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्री सिंहले असार २२ गते विश्वासको मत लिनुहुने

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले असार २२ गते विश्वासको मत लिनुहुने भएको छ ।

सरकार गठन भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री सिंहले असार २२ गते प्रदेशसभामा विश्वासको मत लिन लाग्नुभएको हो ।

मधेश प्रदेशसभामा चौथो ठूलो दलको रुपमा रहेको जनमत पार्टीका सिंहकाे नेतृत्वमा जेठ २५ गते प्रदेश सरकार गठन भएको थियो । 

मधेश प्रदेशसभामा नेकपा एमालेका २५, नेपाली काँग्रेसका २२, जनमत पार्टीका १३, जनता समाजवादी पार्टीका १९, लोसपाका ९, नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७, राप्रपा, नेपाल समाजवादी पार्टीका, नागरिक उन्मुक्ति पार्टीका १/१ जना गरेर १०७ सदस्य हुनुहुन्छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button