तपाईँ सुन्दै हुनुहुन्छः

दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न सरकारलाई एमालेको आग्रह

काठमाडौँ । नेकपा एमालेले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न आग्रह गरेको छ ।

आज नेकपा एमालेले एक विज्ञप्ति जारी गर्दै संसद्का दुई ठुला दल नेकपा (एमाले) र नेपाली काँग्रेसबिच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको र वर्तमान सत्ता समीकरणको प्रमुख दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसक्नुभएको अवस्थामा सरकार स्पष्टतः अल्पमतमा परेको जनाएको छ ।

साथै नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अवस्थामा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको भन्दै अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न समेत एमालेले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गर्दै राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button