तपाईँ सुन्दै हुनुहुन्छः

टिकौली जङ्गलमा तीव्र गति र ओभरटेक गरे कारबाही

वैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने टिकौली जङ्गलमा सवारी साधन तीव्र गतिमा चलाउन र ओभरटेक गरी चलाउन निषेध गरेको छ ।

ओभरटेक र तीव्र गतिका कारण दुर्घटना बढेपछि यो नियम लागु गरिएको प्रहरीले जनाएको छ । कार्यालयले प्रतिघण्टा ४० किमीभन्दा बढीको गति र ओभरटेक गरी सवारी साधन चलाउन निषेध गरेको हो ।

उक्त नियम बिहावीरदेखि लागु गरिएको छ । नियम उल्लङ्घन गरे कारबाही गरिने कार्यालय प्रमुख सुरेश सुबेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button