तपाईँ सुन्दै हुनुहुन्छः

सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्छ : नेता सिटौला

काठमाडौँ । नेपाली कांग्रेस राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा नेता सिटौलाले सहकारी प्रकरणमा छानबिन समिति गठन नगरे संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) बैठक अघि बढ्न नसक्ने बताउनुभयो ।

नेता सिटौलाले जनताको अर्बौँ रुपैयाँ अपचलनको भएको भन्दै गृहमन्त्रीको संलग्नता रहे नरहेकोबारे सत्य तथ्य बाहिर ल्याउन संसदीय छानविन समिति आवश्यक पर्ने बताउनुभयो ।

नेता सिटौलाले संसदीय छानबिन समिति गठन नभएसम्म दुवै सदन अघि बढ्न नदिने निर्णय काँग्रेसले गरेको भन्दै छिट्टै संसदीय समिति बन्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button