तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा ८ महिनामा विभिन्न अपराध सम्बन्धी ७३ मुद्दा प्रहरीमा दर्ता

अछाम ।  अछाममा चालु आर्थिक वर्षको ८ महिनामा विभिन्न अपराध सम्बन्धी ७३ मुद्दा प्रहरीमा दर्ता भएका छन् । जसमा ४४ वटा मुद्दा फर्छयाैट गरिएको छ भने २९ मुद्दा बाकी रहेको छ ।  

त्यसैगरी २०७९/८०मा १२६ र २०७८/७९ मा १४३ मुद्दा दर्ता भएको थियो । प्रहरीको तथ्याकं अनुसार महिला तथा बालबालिका विरुद्धको अपराध अन्तर्गत चालु आर्थिक वर्षमा जबरजस्ती करणी ७,जबरजस्ती करणी उद्योग २,झुण्डिएर आत्महत्या ९,बहुविवाह ४, अभद्र व्यवहार ५, कर्तव्य ज्यान १ र आत्महत्या दुरुत्साहन १ गरी २९ मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षमा ४८ र २०७८/७९ मा ४८ मुद्दा दर्ता भएका छन् ।

ईलाका प्रहरी कार्यालय साँफेबगरको आयोजनामा गरेको नागरिक सुनुवाई कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो ।

लागु औषध नियन्त्रण तर्फ चालु आर्थिक वर्षमा दुई मुद्दा दर्ता,५ जना पक्राउ, २८ ग्राम ९०२ मिलिग्राम चरेस , ७४० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । गत आर्थिक वर्षमा ५ मुद्दा दर्ता १२ जना पक्राउ, एक हजार ११ ग्राम चरेस बरामद गरिएको ईलाका प्रहरी प्रमुख खगेन्द्र सिंह साउदले जानकारी दिनु भयो ।

अछामका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख कुँवरले समुदायलाई राम्रो बनाउनका निम्ती विभिन्न प्रकारका अपराधका घटनाहरू नियन्त्रण गर्न नगरपालिका लागि रहेको बताउनु भयो ।

पछिल्लो समय साँफेबगर नगरपालिकाका १४ वटै वडामा लागुऔषध दुर्व्यसनमा युवाहरू फस्दै गएको अवस्थामा यसलाई नियन्त्रण गर्न यहाँका स्थानीय प्रहरीसँग साझेदारी गर्दे आइरहेको बताउनु भयो  । नगरपालिका अहिले बाल विवाह,बाल श्रम , लैङ्गिक हिंसा, जातीय विभेदलाई अन्त्य गर्ने प्रक्रियामा लागिरहेका उहाँले बताउनु भयो  ।

यस्तै प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलले लागुऔषध दुर्व्यसनमा लागेका व्यक्तिलाई सबै भन्दा पहिले घर परिवारले नै सावधान गराउनु पर्ने बताए । जिल्लाको भाडा दरलाई व्यवस्थित गर्न प्रहरी कार्यालयले अनुगमन गर्न जरुरी रहेको र सीमा नाकामा लागुऔषध लगायत अन्य गैर कानुनी गतिविधिहरू हुन नदिन कढाइका साथ लाग्नु पर्ने विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले समाजमा विकृति ल्याउने ,तडकभडकको रुपामा नभएर शान्ती पुर्णरुपमा चाडपर्व मनाउन आग्रह गर्नु भएको छ ।कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासा,सुझावलाई जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक निरीक्षक सन्तोष पाठकले सम्बोधन गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button