तपाईँ सुन्दै हुनुहुन्छः

भन्सार छली ल्याएको १ लाखभन्दा बढीको सामान बरामद

बाँके । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको सामान प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहका अनुसार, भन्सार छली ल्याएको माउन्टेन डिउ नामक पिय पदार्थ, चामल, केराउ, थानको कपडालगायत  रु.१ लाख १४ हजार बराबरको सामान बरामद गरिएको छ ।

सामान बरामद गरी आवश्यक कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button