तपाईँ सुन्दै हुनुहुन्छः

ओखलढुङ्गामा पहिलो पटक गैरआवासीय नागरिकता वितरण 

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिलो पटक गैरआवासीय नागरिकता वितरण गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गा मार्फत खिजिदेम्बा गाउँपालिका–१ का विनोद खड्काले जिल्लामा पहिलो पटक गैरआवासीय नागरिकता लिनुभएको हो । 

अमेरिका बस्दै आउनु भएका खड्कालाई गैरआवासीय नेपाली नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताउनुभयो । खड्काले पहिले बनाएको नागरिकता त्याग गरेसँगै नेपाल नागरिकता ऐनको तेस्रो संशोधन भईसकेपछिको व्यवस्था अनुसार गैरआवासिय नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी बरालको भनाई छ । 

सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्ने व्यवस्था गरेपछि जिल्लाबाट गैरआवसीय नागरिकता लिने खड्का पहिलो व्यक्ति भएको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button