२०७८ साल असोज ७ गते बिहीबार

तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेश र विमान ट्रेड फाइनलमा प्रवेश

रेडियो नेपाल २०७६ वैशाख २८ गते १८:१५

काठमाडौं । गण्डकी प्रदेश र विमान ट्रेड भलिबल टिम विर्तामोड इलाममा जारी प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

इलामको ठुलो टुडिखेलमा संचालन भइरहेको प्रतियोगिताको शनिबार भएको पहिलो खेलमा गण्डकी प्रदेशले जिल्ला भलिबल संघ ताप्लेजुङलाई ३–१ को सेटमा पराजित गदै फाइनलको यात्रा पक्का गरेको हाम्रा ईलाम समाचारदाता सविता पाण्डेले जनाएकी छिन ।

शनिबार नै भएको दोस्रो खेलमा विमान ट्रेड भलिबल टिम विर्तामोडले ३–१ को सेटमा नवचेतना भलिबल क्लब इलामलाई पराजित गर्दै फाइनलमा प्रबेश गरेको थियो ।

प्रतियोगिताको फाइनल खेल आइबार हुने छ ।

सम्बन्धित