तपाईँ सुन्दै हुनुहुन्छः

उद्घाटन खेलमा प्रदेश नम्बर ३ विजयी

काठमाडौं । मनमोहन स्मृति अन्तर प्रदेशीय अण्डर १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा प्रदेश नम्बर ३ विजयी भएको छ ।

त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो ।

पहिलो ब्याटिङ्ग गरेको गण्डकी प्रदेशले २७.५ ओभरमा ९९ रन बनाउँदा सबै विकेट गुमाउन पुुग्यो ।

१ सय रनको विजयी लक्ष्य प्रदेश नम्बर ३ ले १६.५ अ‍ेभरमा २ विकेटको क्षतिमा भेट्टायो ।

यस खेलको प्लेएर अफ दि म्याच घोषित भएको प्रदेश ३ का अजय देवलाई ट्रफी र एउटा क्रिकेट बल पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button