तपाईँ सुन्दै हुनुहुन्छः

शसक्त भूमिका खेल्न सांसदहरुलाई प्रधानमन्त्रीको निर्देशन

तुलसी सापकोटा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गर्न लागेको नीति तथा कार्यक्रम, पूर्व वजेट छलफल र वजेट छलफलमा शसक्त रुपमा भुमिका खेल्न सासंदहरुलाई निर्देशन दिनुभएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा आज बसेको नेपाल कम्यूनिष्ट पार्टी नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउन लागेको भन्दै राम्रा विषयहरुलाई संसद र जनतामा स्पष्ट रुपमा राख्न सांसदहरुलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देश अब उच्च आर्थिक वृद्धितर्फ जान लागेको भन्दै निरपेक्ष गरिबीको अन्त्य, कोही पनि नेपाली भोकै बस्ने र सडकमा माग्नुपर्ने अवस्थाको अन्त्य गर्नेतर्फ सरकार लागेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अब विकास निर्माणका लागि तीव्र गतिमा सरकार अघि बढ्ने अवस्था आएको बताउनुभयो ।

नेपालको सुखी नेपाली समृद्ध नेपाल सरकारको अभियानले विश्वमा नै चर्चा पाएको भन्दै प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सिजिङ पिङले समेत साथ र सहयोग गर्ने बताएको जानकारी गराउनु भयो ।

प्रधानमन्त्री ओलीले बालुवाटारको जग्गा अनियमिततादखि देशका विभिन्न भागमा भएको सरकारी जग्गा अतिक्रमण रोक्ने र हड्पिएका सम्पूर्ण सरकारी जग्गा फिर्ता गराई छाड्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले विप्लव समुहलाई आतंकवाद र विध्वसांत्मक कार्यमाथि लगाइएको प्रतिबन्ध फिर्ता नलिने भन्दै हिंसात्मक गतिविधि फिर्ता गरी हतियार बुझाउने तर्फ गए उक्त समुहलाई राजनीतिक मुल प्रवाहमा ल्याउन सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button