तपाईँ सुन्दै हुनुहुन्छः

७३ जिल्लामा डेंगु सङ्क्रमण फैलियो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका ७३ वटा जिल्लामा डेंगु सङ्क्रमण फैलिएको जनाएको छ ।

मन्त्रालयको इपिडिमियोलोजि तथा रोग नियन्त्रण केन्द्र (इडिसिडी) अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ४३२ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।

यस्तै कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि नभएको इडिसिडीले जनाएको छ ।

त्यसैगरी, गण्डकी प्रदेशमा २१२, लुम्बिनी प्रदेशमा १७१, सुदूरपश्चिममा १५९, मधेश प्रदेशमा ३८ र कर्णाली प्रदेशमा २० जनामा डेंगु पुष्टि भएको डा.दाहालले जानकारी दिनुभयो ।

जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले यो वर्ष डेंगु सङ्क्रमण बढ्न सकने भन्दै सचेत रहन आग्रह गर्नुभएको छ ।

गत वर्ष ५२ हजार ७९० जनामा डेंगु पुष्टि भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button