तपाईँ सुन्दै हुनुहुन्छः

भ्रामक समाचारप्रति प्रम सचिवालयको आपत्ति

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको प्रधानमन्त्रीको पछिल्लो भेटलाई लिएर एक अनलाइनमा प्रकाशित भ्रामक समाचारप्रति गम्भीर आपत्ति जनाएको छ । 

राष्ट्रपतिसँगको भेटमा प्रधानमन्त्रीले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को असार १८ गतेको पार्टी पदाधिकारी बैठकको निर्णयअनुरूप राजीनामा नदिई संसद्मा प्रस्तुत हुनुपर्ने निर्णयबारे जानकारी दिएको सचिवालयले उक्त समाचारको खण्डन गर्दै स्पष्ट पारेको छ । 

उक्त भेटमा प्रधानमन्त्री दाहालले आफू संवैधानिक प्रक्रियाअनुरूप नै अगाडि बढ्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले स्पष्ट गरेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button