२०७८ साल कार्तिक ५ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १

मेची राजमार्ग सुचारु

इलाम । वर्षाको कारण अवरुद्ध बनेको मेची राजमार्ग सुचारु भएको छ ।   इलाम जिल्लाको रक्से देउमाई खोपका सडकमा भएको अवरोध हटाएपछि आज  अपराह्नबाट यातायातका साधन सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी धुव्र बहादुर खड्काले बताउनु भयो ।  सोमबार रातीदेखि परेको...

१८ घन्टा अगाडि सविता पाण्डे

बाढी पहिरोका कारण इलाममा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो

  इलाम  । अविरल वर्षापछि आएको बाढी पहिरोका कारण इलाममा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।  पहिरोमा पुरिएर बेपत्ता भएकी माङ्सेबुङ ६ की  ५३ वर्षीया हरिमाया राईको शव भेटिएको प्रमुख जिल्ला अधिकारी धुव्र बहादुर खड्काले बताउनुभयो ।   बिहीबार...

२० घन्टा अगाडि सविता पाण्डे

ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाख दिने

सुनसरी । बाढी पहिरोमा परि ज्यान गुमाएका परिवारलाई प्रदेश १ सरकारले जनही १ लाखका दरले राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री भीमप्रसाद आचार्यको अध्यक्षतामा बुधवार बसेको प्रदेश दैवी प्रकोप उद्धार समितिले यस्तो निर्णय गरेको हो । प्रदेश १...

२१ घन्टा अगाडि अशिष कुमार यादव

बेमौसमी वर्षाले ओखलढुङ्गामा २२९३ हेक्टर अन्नबाली नष्ट

ओखलढुङ्गा । बेमौसमी वर्षाले ओखलढुङ्गामा २ हजार २ सय ९३ हेक्टर धान, फापर र कोदोबाली नष्ट गरेको छ । कार्त्तिक लागेपछि सुरु भएको बेमौसमी वर्षाले जिल्लाका ८ वटै स्थानीय तहमा भित्राउने बेला भएको कृषिबाली धान, फापर र कोदो गरी...

२२ घन्टा अगाडि पूर्णप्रसाद न्यौपाने

पाँचथरमा पहिरो र बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो

पाँचथर । पाँचथर जिल्लाका विभिन्न स्थानमा अविरल वर्षासँगै गएको पहिरो र बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या २७ मध्ये २६ जनाको सनाखत भएको छ  ।  बाढी पहिरोमा परी ६ जना बेपत्ता भएका छन् ।  पहिरोका कारण सबैभन्दा धेरैको ज्यान गएको...

२२ घन्टा अगाडि दुर्गा खनाल

प्रदेश १ मा अवरुद्ध भएको विद्युत् सुचारु

सुनसरी । अत्यधिक वर्षाका कारण करिब ४० घण्टादेखि अवरुद्ध भएको विद्युत् पुनः सुचारु भएको छ । निरन्तर वर्षाका कारण नेपाल विद्युत् प्राधिकरणको दुहबी ग्रिड शाखाको कन्ट्रोल रुममा पानी पसेपछि मङ्गलवार रातीदेखि विद्युत् आपूर्ति रोकिएको थियो ।  हाल पानीको जलस्तर...

२३ घन्टा अगाडि अशिष कुमार यादव

खैरो हेरोइनसहित दुई भुटानी शरणार्थी पक्राउ

भद्रपुर, झापा । सशस्त्र प्रहरीले खैरो हिरोइनसहित दुई जना भुटानी शरणार्थीलाई पक्राउ गरेको छ ।  मेचीनगर नगरपालिका–७ सीमा इलाकामा खटिएको सशस्त्र प्रहरीको टोलीले लुकिछिपी भारतबाट नेपाल प्रवेश गर्दै गरेका दमक नगरपालिका ३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्ने बलराम लिम्बू...

२३ घन्टा अगाडि रोहित काफ्ले

झापामा बाढीले सात घर बगायो, पाँच दर्जन परिवार विस्थापित

भद्रपुर, झापा । अविरल वर्षासँगै विभिन्न नदीमा आएको बाढीका कारण झापामा सात घर बगाएको छ । त्यस्तै, बाढीले ६८ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमकको रतुवा खोलामा आएको बाढीले दमक नगरपालिका–७ स्थित पशुहाट पूर्वपट्टिको...

२ दिन अगाडि रोहित काफ्ले

झापामा दुई दिनदेखि पेट्रोलको हाहाकार

झापा । झापामा दुई दिनदेखि पेट्रोलको हाहाकार भएको छ ।  भारतले पूर्वी नेपालको चारआली डिपोका लागि पेट्रोल कम पठाउन थालेपछि झापामा पेट्रोल अभाव भएको हो । इन्डियन आयल कर्पोरेसनको सिलिगुडी डिपोले नेपालको पूर्वी जिल्लाहरूको माग अनुसार पेट्रोल नपठाइदिएपछि अहिले...

१ कार्तिक , २०७८ निशेष राई

विद्युतीय तारबारमा परेर झापामा एक महिलाको मृत्यु

झापा । झापाको भद्रपुरमा जङ्गली हात्ती नियन्त्रणका लागि लगाइएको अत्याधुनिक विद्युतीय तारबार सोलार फेन्सिङमा परेर एक जना महिलाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज भद्रपुरकी एक ५४ वर्षीया महिलाको हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर...

१ कार्तिक , २०७८ निःशेष राई
1 2 3 153