तपाईँ सुन्दै हुनुहुन्छः

बाढी पहिरो र डुबानमा परी हालसम्म १ सय ६१ जनाको मृत्यु

काठमाडौँ । बाढी तथा पहिरोमा परी देशभर एक सय ६१ जनाको मृत्यु, भएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले पहिरोमा परि १ सय ७ जना घाइते भएको जानकारी दिनुभयो ।

बाढी तथा पहिरोमा परी बेपत्ता रहेका ५० जनाको उपलब्ध सम्पूर्ण स्रोत साधनको परिचालन गरी खोजी कार्य जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।

बाढीपहिरो प्रभावित क्षेत्रमा हालसम्म तीन हजार ६ सय ६१ जनाको उद्धार गरिएको र विपद्का कारण राजमार्ग अवरुद्ध रहेका सडक नियमित गर्न सबै संयन्त्र परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी बाढीपहिरोले तीन सय २२ वटा घरमा क्षति र १६ पुल बगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button