तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध भएका सडकहरू खुलाउने काम भइरहेको छ : मन्त्री दाहाल

भद्रपुर, झापा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक समस्याकै कारण दशैँमा घर जान कोही पनि रोकिनुपर्ने बताउनुभएको छ ।

आज झापाको बिर्तामोडमा नेकपा एमाले झापाले आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री दाहालले भारी वर्षाका कारण अवरुद्ध भएका सडक दशैँका लागि भए पनि छिटोभन्दा छिटो खुलाउने काम भइरहेको बताउनुभयो ।

केही दिनदेखिको वर्षाले सबैभन्दा ठूलो क्षति सडक र पुलमा भएको बताउँदै मन्त्री दाहालले मन्त्रालय र सुरक्षा संयन्त्र सडक खुलाउन क्रियाशील रहेको उल्लेख गर्नुभयो । उहाँले अति व्यस्त र महत्वपूर्ण मानिने नारायणगढ–मुग्लिन–नागढुङ्गा सडक हिजै खुलाइसकेको बताउँदै देशभर अवरुद्ध भएका सडकहरू खुलाउने काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले विकल्प नै नलाग्ने ठाउँ बाहेक सबैतिरका सडक खुलाएर सहज आवागमनको व्यवस्था मिलाइने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button