तपाईँ सुन्दै हुनुहुन्छः

कोशी ब्यारेजमा सवारी आवतजावत सुचारु

सप्तरी । कोसी ब्यारेजको पुलमा आवागमन खुला गरिएको छ । आइतबार साँझ साढे ५ बजेबाट पुलमा रहेको फोहोर सफा गरिएपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो ।

२५ घण्टापछि पानीको बहाव घटेपछि कोशी पुलबाट आवतजावत खुला गरिएको हो। आइतबार बिहानबाट पानीको बहाव निरन्तर कम हुँदै गए पनि पुलमा बाढीले थुपारेको फोहोर सफा गर्न समय लागेको थियो ।

कोसी ब्यारेज भएर पानीको बहाव अत्यधिक भएर पुलमाथिबाटै बाढी बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट पुलमा यातायात सञ्चालनमा रोक लगाइएको थियो ।

उच्च बहावका कारण कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button