तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा सहुलियत मूल्यको चामल लिन उपभोक्ताको भीड

जुम्ला । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि सर्वसाधारणको सरकारी अनुदानको चामल लिन भीड लाग्न थालेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्लाले आइतबारदेखि सञ्चालन गरेको सहुलियत मूल्य पसल सञ्चालन गरेपछि उपभोक्ताको भीड लागेको हो ।

बजारमा आर्सीवाद चामलको २७ सय देखि २८ सय मूल्य पर्न थालेको र सोही गुणस्तरको चामल खाद्य संस्थानले छुट मूल्यमा २२ सय ७५ रुपैयाँ प्रतिबोरा दिन थालेपछि उपभोक्ताको भीड लागेको हो ।

आइतबार मात्रै एकै दिनमा एक हजार ५६ बोरा चामल विक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी जुम्लाका प्रमुख सन्तोष तिवारीले बताउनुभयो । उहाँका अनुसार प्रति केजी ५ रुपैयाँ र प्रतिबोरा १२५ रुपैयाँ छुट दिएपछि एकै दिन दुई ६४ क्विन्टल चामल विक्री भएको छ ।

जिल्ला भरिका लागि सहुलियत मूल्य पसल सञ्चालन गर्न ५ हजार क्विन्टल छुटाइएको छ । जसमा जिल्ला शाखाको लागि २५ सय क्विन्टल चामल छुटाइएको छ । भने जुम्लाकोट डिपोका लागि ५ सय, धाँपा डिपोका लागि ५ सय क्विन्टल छुटाइएको छ । तातोपानीको बिक्री केन्द्र पाथर खोलामा ५ सय क्विन्टल, पातारासिको लुम र हिमाको बाजागाड वितरण केन्द्रका लागि ५ सय क्विन्टल छुटाइएको प्रमुख तिवारीले बताउनुभयो ।

माघ २ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन हुने भएकोले अभाव भएको खण्डमा पनि थप कोटा माग गरिने छ । खाद्यले हाल स्ट्रिम जिरा मसिनो, अरुवा मोटा र सोना मन्सुली चाल बिक्री हुँदै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लि.शाखा कार्यालय जुम्लाका जिन्सी शाखा प्रमुख लक्ष्मण शर्माले बताउनुभयो ।

उहाँका अनुसार सहुलियत मूल्य पसल सञ्चालनपछि छुट दिँदा २ हजार ४ सय पर्ने स्ट्रिम जिरा चामल छुटपछि २२ सय ७५, प्रतिबोरा १६ सय ७५ रुपैयाँ पर्ने अरुवा मोटा छुटपछि १५ सय ५० र १७ सय ५० रुपैयाँ पर्ने सोना मन्सुली छुटपछि १६ सय २५ रुपैयाँमा बिक्री हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button