तपाईँ सुन्दै हुनुहुन्छः

प्रथम मिस्टर शारीरिक सुगठन चितवनको उपाधि मानन्धरलाई

चितवन । चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ चितवनको आयोजनामा “प्रथम मिस्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१” मा राज कुमार मानन्धरले उपाधि जित्न सफल हुनुभएको छ ।

पाँच छुट्टाछुट्टै वेट क्याटगोरी विजेता (गोल्ड मेडलिष्ट) हरूलाई फाइनल प्रतिस्पर्धामा उतारिएको थियो । पाँच प्रतिस्पर्धीबिच भएको प्रतियोगितामा मानन्धरले उपाधि हात पार्नुभएको हो ।

प्रतियोगिताको ओभरअल विजेतालाई नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो । प्रथम मिस्टर चितवनका विजेता मानन्धरलाई प्रदान गरिएको रु एक लाख पचास हजार रुपैयाँ चितवन समाज हङकङले उपलब्ध गराएको थियो ।

त्यस्तै महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगिता तर्फ उपाधि एलिना सुनारले हात पार्नुभएको छ । महिलातर्फ ओमन एथलेटिक्स फिजिक्स प्रतियोगिताकी विजेता सुनारलाई प्रदान गरिएको रु ५० हजार नगद अमेरिकाबाट निरा गुरुङले उपलब्ध गराउनुभएको थियो ।

प्रतियोगिता अन्तर्गत ५५ के.जि.वेट क्याटगोरी तर्फ १३ प्रतियोगी मध्ये राजकुमार मानन्धर प्रथम, छेसङ्ग तामाङ्ग द्वितीय, रामबहादुर गुरुङ तृतीय, महमद बेलाल मिया ठकुराई चौथो र साइधुल मियाले पाँचौँ स्थान हासिल गर्नुभएको थियो । ६० के.जि.वेट क्याटगोरीतर्फ ९ जना प्रतिस्पर्धी मध्ये मदन थापा प्रथम, राजु विश्वकर्मा द्वितीय, सुमन तामाङ्ग तृतीय, विकेश कुमार शाह चौथो र जितेन्द्र कुमार शाहले पाँचौँ स्थान हासिल गर्नुभएको थियो ।

त्यस्तै ६५ के.जि.वेट क्याटगोरीमा ४ जना प्रतिस्पर्धीहरू मध्ये बेदन श्रेष्ठ प्रथम, निखिल तामाङ्ग द्वितीय, आशिक ताम्राकार तृतीय र नवराज पौडेलले चौथो स्थान हासिल गर्नुभएको छ । त्यस्तै ७० के.जि.वेट क्याटगोरीमा ४ जना प्रतिस्पर्धीहरू मध्ये सुर्जे सुनार प्रथम, विरेन्द्र अधिकारी द्वितीय, असिम थापा क्षेत्री तृतीय र सुहिल महतोले चौथो स्थान हासिल गर्नुभएको थियो ।

त्यस्तै ७५ के.जि. वेट क्याटगोरीमा ३ जना प्रतिस्पर्धीहरू मध्ये इन्द्र बहादुर श्रेष्ठ प्रथम, प्रसन्न न्यौपाने द्वितीय र क्याप्टेन रुद्रीवीर क्षेत्रीले तृतीय स्थान हासिल गर्नुभयो ।

त्यस्तै प्रतियोगिता अन्तर्गत ५० वर्षभन्दा माथिका व्यक्तिहरूबिच मास्टर वेट खुल्ला पुरुषतर्फ ३ जना प्रतिस्पर्धीहरू मध्ये द्रोपद श्रेष्ठ प्रथम, क्याप्टेन रुद्रीवीर क्षेत्री द्वितीय र मान प्रसाद गुरुङले तृतीय स्थान हासिल गर्नुभएको थियो ।

त्यस्तैगरी महिला एथलेटिक्स तथा फिजिक्स प्रतियोगिता तर्फ ५ प्रतिस्पर्धीमध्ये एलिना सुनार प्रथम, सुनिता घलान द्वितीय, सुजता सुनार तृतीय, विबिसा ओली चौथो र सरिता चौधरीले पाँचौँ स्थान हासिल गर्नुभएको थियो ।

प्रत्येक वेट क्याटगोरीका विजेता (गोल्ड मेडलिष्ट) लाई रु ३० हजार, फस्ट रनर अफ (सेकेन्ड) लाई २० हजार र सेकेन्ड रनर अफ (तृतीय) हुनेलाई रु १० हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर, महिलातर्फ ओमन एथलेटिक्स फिजिक्स प्रतियोगितामा विजेतालाई रु ५० हजार, फस्ट रनर अफ (सेकेन्ड)लाई रु २५ हजार र सेकेन्ड रनर अफ (तृतीय)लाई रु १५हजार नगद सहित ट्रफी, मेडल र अन्य गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button