तपाईँ सुन्दै हुनुहुन्छः

त्रिशूली नदीमा फसेको टिपर बगायो

गोरखा । गोरखाको गण्डकी गाउँपालिका-१ बुट्टारमा निर्माणाधीन १०० मेगावाटको सुपर त्रिशूली हाइड्रोपावरको निर्माणको कार्यमा लागेको तीन वटा टिपर, दुई वटा स्काभेटर र एउटा लोडर त्रिशूली नदीले बगाएको छ ।

साँझ ७ बजेतिर ट्रिपर बगाएको स्थानीय सन्तोष विश्वकर्माले बताउनुभयो । नदीको दुई भँगालोका बीचमा फसेका मानिसहरूको भने दिउँसो उद्धार गरिएको छ । 

हाइड्रोले नदीलाई दुई वटा भँगालो बनाएर काम गर्दै आएको थियो । एक्कासी पानीको हाव बढेपछि तीन वटा टिपर, दुई वटा स्काभेटर र एउटा लोडर ट्रिपर र जेसिविमा त्रिशूली नदीले फसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button