तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाउँदा एक जनाको मृत्यु

इलाम । इलामको माई नगरपालिका ८ स्थित सेते खोलाले बगाउदा वर्ष ६८ का मैत बहादुर लिम्बुको मृत्यु भएको छ ।

खोलाले बगाउँदा घाइते भएका लिम्बुको प्रादेशिक अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

शुक्रबार बिहान साँढे ११ बजे खोला तर्ने क्रममा खोलाले बगाइरहेको अवस्थामा स्थानीय र प्रहरीले उद्धार गरि लिम्बुलाई उपचारको लागि स्थानीय माई नगर अस्पताल दानाबारी तर्फ पठाएका थिए । लिम्बुको थप उपचारको लागि झापा लगिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button