तपाईँ सुन्दै हुनुहुन्छः

प्लास्टिकजन्य प्लेट विस्थापित गर्न टपरी अभियान सुरु

बारा । प्रिन्टेड पेपर वा प्लास्टिक जन्य प्लेटमा खाने कुरा दिने प्रचलनलाई विस्थापित गर्ने उद्देश्यले जीतपुरसिमरा उपमहानगरपालिकाले टपरीको प्रयोगलाई प्रोत्साहन गर्ने अभियान सुरु गरेको छ ।

अभियान स्वरूप जीतपुरको एक पसलमा पातले बनाएको टपरी निःशुल्क प्रदान गरी त्यसको प्रयोग गर्न अनुरोध गरिएको थियो । पातबाट बनेको टपरी वातावरण तथा स्वास्थ्य अनुकूल हुने र लघु उद्यमीहरूले पनि स्वरोजगार हुने विश्वास वरिष्ठ उद्यम सहजकर्ता दिपनारायण रायले व्यक्त गर्नुभयो ।

उपमहानगरपालिकाको गरिबी निवारणको लागि लघु उद्यम बिकास कार्यक्रम( मेड्पा) कार्यक्रम अन्तर्गत यो अभियान सुरु गरिएको हो । पसलमा आएका ग्राहकहरूलाई टपरीमा नै खाने कुरा प्रदान गरिएको थियो ।

जीतपुरसिमरा उपमहानगरपालिका–३ रामबन लघु उद्यमी समूहले उपमहानगरपालिकाको सहयोगमा सालको पातको दुनो ,प्लेट र टपरी उत्पादन र बिक्री वितरण गर्ने गर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button