तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटन सम्बन्धि क्षेत्रमा योगदान पुर्‍याएका सञ्चारकर्मी सम्मानीत

काठमाडौँ । शेर्पा पर्यटन व्यवसायी संघ नेपाल स्टिन (STEAN ) को छैठौँ वार्षिक साधारण सभाको उपलक्ष्यमा पर्यटन सम्बन्धी क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनुभएका विभिन्न सञ्चारकर्मीहरूलाई सम्मान गरिएको छ ।

सो अवसरमा रेडियो नेपालकी शेर्पा समाचार सम्पादक, बाचक तथा कार्यक्रम सञ्चालिका मिङ्मा प्रधान लामा, नेपाल प्रेसका प्रधान सम्पादक मातृका पौडेल, नेपाल टेलिभिजनका कार्यक्रम प्रस्तोता मनोज न्यौपाने, योहो टेलिभिजनकी प्रमुख संवाददाता निमल्हाकी शेर्पा, इमेज टेलिभिजनका शङ्कर खनाल लगायतका पत्रकारहरू सम्मानित हुनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button